आजको पञ्चाङ्ग एवम् राशिफल (९ साउन २०७९ सोमबार, २५ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ साउन २०७९ सोमबार, २५ जुलाई २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण ९ गते सोमबार तद्अनुसार सन् २०२२ जुलाइ २५ तारिख श्रावण कृष्ण पक्षको द्वादशी तिथि मृगशिरा नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृष राशिमा १२ः५२ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ । सोमप्रदोष व्रत ।

आजको राशिफल

मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज समस्याको समाधान प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । तपार्इंले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर, नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । कार्यक्षमता वृद्धि हुनेछ । सुख बढ्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । नसोचेको ठाउबाट धनलाभ हुने देखिए पनि बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।

कर्कट – आयस्रोत बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आज दिन रमाइलैसंग बित्नेछ । धनलाभको संभावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आयस्रोत बढ्नेछ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्य बढ्नेछ । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ, । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विशेष यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – मनोकूलको काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – शुभता बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ तर भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । धन आर्जन गर्ने मौका छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

धनु – प्रेमभाव बढ्नेछ । साझेदारीको काम बन्नेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । सामर्थ्य बढ्नेछ, तर नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । आशा उत्साह बढ्ला । यात्रा होला । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ तर, अनावश्यक वादविवादमा परिने समय छ। शुभ समाचार प्राप्त होला । व्यस्त रहनुहुनेछ ।

मीन – होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । तर, आज सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला ।