आजको पञ्चाङ्ग एवम् राशिफल (१० साउन २०७९ मंगलबार, २६ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० साउन २०७९ मंगलबार, २६ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४नेपाल सं.११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण १० गते तद्अनुसार सन् २०२२ जुलाइ २६ तारिख मंगलबार श्रावण कृष्ण पक्षको त्रयोदशी तिथि १८ः२२ पर चतुर्दशी तिथि आर्द्रा नक्षत्र व्याघात योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त सांझ १८ः५५ बजेमा हुनेछ । घण्टा कर्ण चतुर्दशी ।

आजको राशिफल

मेष – आज भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । तथापि, फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आशा उत्साह बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । सुख शान्ति समृद्धि बढ्नेछन् । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । तर केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । काममा रोकावट र कम मात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । यात्रामा भने सफलता प्राप्त हुनेछ । रसविलासमा आकर्षण बढ्नेछ ।

कर्कट – आज रसरागमा आकर्षण बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मान,सुख र समृद्धि बढ्नेछन् ।

सिंह – राम्रा काममा सफलता प्राप्त हुनेछ । आशा उत्साह पनि बढ्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मित्रजनको साथ प्राप्त हुनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – कार्यगति वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि र पराक्रम बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – शुभता बढ्नेछ । मनोकूलको काम हुनेछ । धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – जोखिमपूर्ण कार्यमा नपर्नु बुद्धिमत्ता सावित हुनेछ । आज विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । नियमकानूनलाई ध्यानमा राख्नु हितकर हुनेछ ।

धनु – पारिवारिक सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ तर अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – प्रेमभाव बढ्नेछ । काममा सफलता मिल्नेछ । तर अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – व्यस्तता वृद्धि हुनेछ । सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ ।