आजको पञ्चाङ्ग एवम् राशिफल (१२ साउन २०७९ बिहीबार, २८ जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ साउन २०७९ बिहीबार, २८ जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण १२ गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाई २८ तारिख श्रावण कृष्ण पक्षको अमावश्या तिथि पुनर्वसु नक्षत्र ७ः१८ पर तिष्य नक्षत्र वज्र योग चतुष्पाद करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ बजे भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ । दर्शश्राद्ध, हलो तथा निशि बार्ने ।

आजको राशिफल

मेष – आजको दिन व्यस्तता बढ्नेछ भने मान महत्व प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । आफन्तबीच आत्मीयतामा कमी आउला, तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – रोकिएको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आश्वासन दिनेले धोका दिन सक्छन्, सचेत रहनुहोला । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लगानी उठ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला ।

सिंह – प्रेमबल बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । आरोग्य वृद्धि हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । मान महत्व बढ्नेछ । आयस्रोत बढ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – कर्मबल बढ्नेछ । व्यस्तता वृद्धि हुनेछ । सोचेको काम बिस्तारै बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।

वृश्चिक – शुभता बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – भागदौड बढ्नेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् तर प्रयत्न गर्दा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त होला । सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – प्रेमभाव बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – साहस वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – प्रेमभाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।