- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण १३ गते तद्अनुसार सन् २०२२ जुलाइ २९ तारिख शुक्रबार श्रावण शुक्ल पक्षको प्रतिपदा तिथि तिष्य नक्षत्र ९ः४६ पर अश्लेषा नक्षत्र सिद्ध योग किंस्तुघ्न करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२६ मा भयो र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ । गुँलाधर्मारम्भ ।
आजको राशिफल
मेष – आजको दिन उत्साहपूर्ण रहनेछ । सुखद समाचार प्राप्त होला । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आमोद प्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।
वृष – नयाँ सम्भावना देखापर्ने र धन सम्पत्ति वृद्धि हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, विचार गर्नुहोला । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – धन मान वृद्धि हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।
कर्कट – इर्ष्या गर्नेहरुले काम बिगारिदिन सक्ने भए पनि आजको दिन प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।
सिंह – शुभ काममा सफलता प्राप्त हुनाले आशा उत्साह बढ्नेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । हाकिमको साथ मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – आजको दिन अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । आयस्रोत वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – कार्य क्षमता बढ्ने योग भए पनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नुहोला। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – शुभता वृद्धि हुनेछ भने मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख सुविधाको वस्तुमा धन खर्च होला । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – भागदौड वृद्धि हुनेछ । जोखिमप्रति सचेत रहनुपर्ने छ । कठोर तपस्याले कार्यमा सफलता प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – परिवारिक सुख बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नु हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – पराक्रम बढ्नेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – प्रेमभाका साथै सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया