आजको पञ्चाङ्ग एवम् राशिफल (१४ साउन २०७९ शनिबार, ३० जुलाई २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ साउन २०७९ शनिबार, ३० जुलाई २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण १४ गते शनिबार तद्अनुसार सन् २०२२ जुलाई ३० तारिख श्रावण शुक्ल पक्षको द्वितीया अश्लेषा नक्षत्र व्यतिपात योग वालव करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशीमा ११:५६ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५:२६ मा भयो र सूर्यास्त साँझ १८:५३ मा हुनेछ ।

आजको राशिफल

मेष – प्रेम र यात्रामा सफलता प्राप्त हुने योग भए पनि आजको दिन अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । यसका बाबजुद साहसिक काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आज व्यस्तता बढ्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । समस्याको समाधान प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । काममा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । महत्वपूर्ण निर्णय लिने समय छ । सुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । आरोग्य वृद्धि हुनेछ ।

कर्कट – आजको दिन त्यति शुभदायी देखिन्न । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । फजुलको खर्च हुन सक्छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – अनुकूलता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिनेछ । ऋणमोचन हुने सम्भावना देखिन्छ । सुखद समाचारले उत्साह जगाउनेछ । भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – मनोकूलको काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन । व्यापार र उद्योगमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कर्मबल बढ्ने योग भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता पनि बढ्ला । तर ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – सकरात्मकता बढ्नेछ । साझेदारीको काम बन्नेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । काम बिग्रने भयले सताउनेछ । धनको आगमन भैरहनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । सामर्थ्य बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । रसराग प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – समृद्धि र पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यस्त रहनुहुनेछ ।

मीन – आर्थिक पक्षमा सुधार होला । प्रेमभाव बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । गौरव बढ्ला । रसरागमा रुचि बढ्नेछ ।