- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण १५ गते तद्अनुसार सन् २०२२ जुलाइ ३१ तारीख आइतबार श्रावण शुक्ल तृतीया तिथि मघा नक्षत्र वरियाण योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त सांझ १८ः५२ बजे हुनेछ । खीर खाने दिन, वराहजयन्ती ।
आजको राशिफल
मेष – इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । आफन्तको साथ मिल्नेछ ।
मिथुन – नयाँ सम्भावना देखापर्नेछ । धन मान वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ ।
कर्कट – रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – आरोग्य वृद्धि हुने र मिठो भोजन प्राप्त हुने योग छ । भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । तथापि सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । हाकिमको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – लगानी वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ, तर सामान्य धन भने प्राप्त होला । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आय आर्जन क्षमता बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने पनि देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ ।
वृश्चिक – कार्यमा सफलता प्राप्त हुनेछ । शुभता वृद्धि हुनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ । आजको दिन सवारी साधनमा सावधानी अपनाउनुहोला ।
धनु – मिठो भोजन प्राप्त हुनेछ । कठोर तपस्याले कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला । सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ ।
मकर – परिवारिक सुख बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । सम्पत्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।
कुम्भ – परिवारिक सुख बढ्नेछ । नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – पराक्रम वृद्धि हुने योग भए पनि पेटको खराबीले स्वास्थ्य कमजोर रहला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया