आजको पञ्चाङ्ग एवम् राशिफल (१६ साउन २०७९ सोमबार, १ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ साउन २०७९ सोमबार, १ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण १६ गते सोमबार तद्अनुसार सन् २०२२ अगस्ट १ तारिख श्रावण शुक्ल पक्षको चतुर्थी तिथि पुर्वाफाल्गुणी नक्षत्र परिघ योग वणि करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५:२७ बजेमा भयो र सूर्यास्त साँझ १८:५१ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – प्रेमभाव बढ्नेछ । आजको दिन होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता बढ्ला । तर आलोचकहरूले सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – पराक्रम बढ्ने, सफलता प्राप्त हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारीको काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – धन बढ्नेछ । शुभता वृद्धि हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – नयाँ सम्भावना देखापर्ने र आरोग्य वृद्धि हुने योग भए पनि खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । व्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – लगानी वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । साँझदेखि समय केही प्रतिकुल रहला । आरोग्यता अभिवृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ ।

तुला – आयबल बढ्नेछ । व्यस्तता वृद्धि हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ ।

वृश्चिक – कर्म बल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – आजको दिन चुनौती पन्छाउँदै होसियारीका साथ काम लिनुपर्ला । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुने योग भए पनि आज काम बिग्रने डरले सताउनेछ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – समृद्धि बढ्ला । काममा सफलता मिल्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ ।

मीन – पारिवारिक सुख प्राप्त हुनेछ । प्रेमभाव वृद्धि हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा भने अवरोध आउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।