आजको पञ्चाङ्ग एवम् राशिफल (१७ साउन २०७९ मंगलबार, २ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ साउन २०७९ मंगलबार, २ अगस्ट २०२२)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण १७ गते मंगलबार तद्अनुसार सन् २०२२ अगस्त २ तारिख श्रावण शुक्ल पक्षको पञ्चमी तिथि उत्तरा फाल्गुनी नक्षत्र शिव योग बब करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः५१ मा हुनेछ । नागपञ्चमी ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय भए पनि श्रम गरीकन मूल्य प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । साहसिक काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ इष्टमित्रको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन प्रेमभाव बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । व्यस्तता पनि बढ्ला । आशा उत्साह थपिनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने र नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – समृद्धि र शुभता बढ्नेछ । भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । कार्यक्षमता पनि वृद्धि हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । सुख बढ्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

कर्कट – आजको दिन शुभता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । धन वृद्धि होला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ, आहारविहारमा ध्यान राख्नुहोला ।

कन्या – मनोकूलको काममा सफलता मिल्ने योग भए पनि आज अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – लगानी र कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । कमजोरी लुकाउँदा पछि परिएला। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । मान सम्मानमा निरन्तर बृद्धि भैरहनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् भने भौतिक साधन प्राप्त हुनेछन् । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबल बढ्ने योग भए पनि इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – समृद्धि र पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । देखापरेको समस्याको समाधान मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनुका साथै ब्यस्त रहनुहुनेछ ।

मीन – प्रेमभाव बढ्नेछ र मन पनि उत्साहित रहला । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । शुभ काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ ।