आजको पञ्चाङ्ग एवम् राशिफल (१८ साउन २०७९ बुधबार, ३ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ साउन २०७९ बुधबार, ३ अगस्ट २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि । सं. २०७९ श्रावण १८ गते तद्अनुसार सन् २०२२ अगस्त ३ तारिख बुधबार श्रावण शुक्ल षष्ठी तिथि हस्ता नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः५० बजे हुनेछ । कल्की जयन्ती ।

आजको राशिफल

मेष – आजको दिन पराक्रम बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – मित्रभाव बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यस्तताका साथै धन मान वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ ।

कर्कट – खर्च बढे पनि पराक्रम वृद्धि हुनेछ । आजको दिन रसरागमा आकर्षण रहला । मान, सुख र समृद्धि बढ्नेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने अवस्था रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – कर्ममा रुचि बढ्ला । लगानी उठ्ने योग छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले कामको तारिफ गर्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तुला – समय अनुकुल छ । मनोकूलको काम हुनेछ । शुभ र धनबद्र्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आयमा वृद्धि हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – आयस्रोत बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । भाग्योदय हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मित्रजनको साथ मिल्नेछ भने सन्तानसुख बढ्ला । धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने दुःख पाइनेछ ।

मकर – परिवारिक एवम् इष्टमित्र र सन्तानको सुख प्राप्त हुन योग भए पनि सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । रसरागमा आकर्षण बढ्ला ।

मीन – पारिवारिक सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।