आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण १९ गते बिहीबार तद्अनुसार सं. २०२२ अगस्त ४ तारिख श्रावण शुक्ल पक्षको सप्तमी तिथि चित्रा नक्षत्र साध्य योग गर करण आनन्दादियोगमा चर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:२९ बजेमा भयो र सूर्यास्त साँझ १८:४९ बजेमा हुनेछ । गोस्वामी तुलसीदास जयन्ती ।

आजको राशिफल

मेष – दाम्पत्य सुख बढ्नेछ । प्रेमभाव बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । आरोग्य वृद्धि हुनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला, साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – प्रेमभाव बढ्ने र सफलता प्राप्त हुने योग छ । रोकिएको काम बन्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आजको दिन अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । आशा उत्साह भने बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – शुभता र मनोबल बढ्ने योग छ । आरोग्य वृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – आज भाग्यबल बढ्नेछ । थोरै उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुने दिन छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ ।

तुला – आज आत्मबल बढ्नुका साथै व्यस्तता वृद्धि हुनेछ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन पशन्न हुनेछ ।

वृश्चिक – काममा सफलता मिल्ला, सद्कर्म पथमा प्रगति होला । भाग्योदको समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न पनि सक्छ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।

मकर – कर्मबल बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दु:ख दिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । ऋण रोग र शत्रुलाई जीत्ने सामथ्र्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला ।

कुम्भ – सौभाग्य वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । तर विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – भागदौड बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।