आजको पञ्चाङ्ग एवम् राशिफल (२० साउन २०७९ शुक्रबार, ५ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० साउन २०७९ शुक्रबार, ५ अगस्ट २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण २० गते तद्अनुसार सन् २०२२ अगस्त ५ तारिख शुक्रबार, श्रावण शुक्ल अष्टमी तिथि स्वागी नक्षत्र शुभ योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त सांझ १८ः४८ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – पराक्रम वृद्धि हुनेछ । मित्रभाव बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवाद हुनुबाट जोगिनुहोला ।

मिथुन – काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – पराक्रम वृद्धि हुनेछ । सम्पत्ति बढ्नेछ । रसरागमा आकर्षण रहला । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । बन्दव्यापारबाट फाइदा हुनेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – भाग्यबद्र्धककाममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । आरोग्यता बृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – पारिवारिक सुख शान्ति समृद्धि र पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आर्थिक पक्ष सबल रहे पनि स्वास्थ्यमा समस्या देखापर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आज बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन ।

तुला – आरोग्यता बढ्नेछ । मनोकूलको काम सम्पन्न होला । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । शुभ र धनबद्र्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ ।

वृश्चिक – आज आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – आयस्रोत वृद्धि हुनेछ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ ।कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कार्य क्षमता वृद्धि हुनेछ । भाग्योदय हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर – कर्मबल बढ्नेछ । परिवारिक सुख पनि बढ्ला । आज बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नहुने योग भए पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । परिवारिक सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – सौभाग्य वृद्धि हुनेछ । पारिवारिक सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला ।