आजको पञ्चाङ्ग एवम् राशिफल (२१ साउन २०७९ शनिबार, ४ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ साउन २०७९ शनिबार, ४ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण २१ गते शनिबार तद्अनुसार सन् २०२२ अगस्त ६ तारिख श्रावण शुक्ल पक्षको नवमी तिथि विशाखा नक्षत्र शुक्ल योग बालव करण आनन्दादियोगमा शुभ योग चन्द्रमा तुला राशिमा ८:४२ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:३० बजे भयो र सूर्यास्त साँझ १८:४८ बजे हुनेछ ।

आजको राशिफल

मेष – अनुकूल समय छ । आजको दिन दाम्पत्य सुख र प्रेमभाव बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मनोकूलको काम बन्ने तथा इष्टमित्र र सन्तानको सुख प्राप्त हुने योग भए पनि अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेको छ । तपार्इंको प्रतिभाको भने उच्च मूल्यांकन हुनेछ । आँटेको काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – सुखको वस्तु बढ्नेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आशा उत्साह बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – शुभता बढ्नेछ । नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै अविवाहितको प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भइरहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – सम्पत्ति वृद्धि हुने र भाग्यबल बढ्ने योग छ । कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – आज आत्मबल बढ्नेछ, व्यस्तता वृद्धि हुनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन्् । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – क्रयबल र लगानी बढ्नेछ । सफलता मिल्ने योग छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाईंलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कार्य सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला ।

मकर – कर्मबल बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । साहसिक काम बन्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आरोग्यता बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – यात्रामा सफलता प्राप्त हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।