आजको पञ्चाङ्ग एवम् राशिफल (२२ साउन २०७९ आइतबार, ७ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ साउन २०७९ आइतबार, ७ अगस्ट २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ श्रावण २२ गते आइतबार तद्अनुसार सन् २०२२ अगस्त ७ तारिख श्रावण शुक्ल पक्षको दशमी तिथि अनुराधा नक्षत्र ब्रह्म ५ः४५ पर ऐंन्द्र योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४७ मा हुनेछ ।

आजको राशिफल

मेष – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आज खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । यसका बाबजुद स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । सुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्नेछ । शत्रु परास्त हुनेछन् । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । सम्मानमा चोट पुग्ने सम्भावना पनि छ, सचेत रहनुहोला । तथापि, आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – भाग्यवर्द्धक काममा सफलता प्राप्त हुने योग भए पनि आज परिवारजनमा केही असमझदारी बढ्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । कार्यक्षमता वृद्धि हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – आज प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने र मंगलमय काम सम्पादन हुने योग छ । काममा आफन्तको सहयोग जुट््न सक्छ । तथापि ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न पनि सक्छ । शुभता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज कार्यमा अनुकूलता बढ्ने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ ।

कन्या – आज मनोकूलको काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार तथा व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कर्मबल बढ्नेछ तर सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो बन्नेछ ।

वृश्चिक – आयस्रोत बढ्ने र शुभता वृद्धि होला । कर्ममा सफल साबित हुनुहुनेछ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नु पर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कर्मबल र सकरात्मकता बढ्नेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउने छन् । मिठो भोजन प्राप्त हुनेछ । शुभता वृद्धि हुनेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । प्रयासरत काम पनि बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । तर प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । वार्तामा सफलता मिल्नेछ ।

मीन – शुभ काममा भाग लिनुहुनेछ । तर हाडजोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । धन यश मान पद प्रतिष्ठा बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।