आजको पञ्चाङ्ग एवम् राशिफल (२४ साउन २०७९ मंगलबार, ९ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ साउन २०७९ मंगलबार, ९ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण २४ गते मंगलबार तद्अनुसार सन् २०२२ अगस्त ९ तारिख श्रावण शुक्ल पक्षको द्वादशी तिथि मूल नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादियोगमा छत्र योग, चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:३१ बजेमा भयो र सूर्यास्त साँझ १८:४५ बजेमा हुनेछ । प्रदोष व्रत, विश्व आदिवासी दिवस ।

आजको राशिफल

मेष – भाग्यबल वलिष्ट हुनुका साथै धर्मकर्ममा रुचि बढ्नेछ । प्रेमभाव बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – काम सम्पन्न गर्न केही परिश्रम परे पनि आज आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा चाहिँ ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – पारिवारिक सुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । रोकिएको काम बन्नेछ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि वित्तादि लाभ हुने देखिन्छ । धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – आजको दिन स्वास्थ्य कमजोर रहने हुँदा विशेष ख्याल राख्नुहोला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । रुपैयाँपैसा पनि हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मील्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – आज मनोबल बढ्ने र आरोग्य वृद्धि हुने योग भए पनि काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दु:ख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । व्यस्तता बढ्नेछ । यसका बाबजुद आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आफन्तसित भेटघाट हुनेछ ।

कन्या – भाग्यबल बढ्नेछ । कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । विलासमा रुचि बढ्ला ।

तुला – आत्मबल बढ्नेछ, व्यस्तता वृद्धि हुनेछ । दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । यात्रा हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – क्रय बल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । तथापि सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आयस्रोत बढ्ने तथा बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग पनि छ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – कर्मबल बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । रसरागमा भने रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । कार्यव्यवस्था क्षेत्रमा चाहिँ सफलता मिल्नेछ ।

मीन – भागदौड बढ्नेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयासरत काममा सफलता मिल्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।