तीजमा नवगायिका दुर्गाको उपहार ‘यसपाली त जसरी म माइत जाने’

तीजमा नवगायिका दुर्गाको उपहार ‘यसपाली त जसरी म माइत जाने’


नेपाली महिलाको महान् पर्व तीजको अवसर पारेर साङ्गीतिक कोशेलीहरू सार्वजनिक गर्ने उपक्रम बढिरहेको छ । यसै क्रममा चर्चित गायक प्रताप दास र नवगायिका दुर्गा बिसुरालको स्वरमा रहेको नयाँ तीजगीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राइट ट्यून अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत (म्युजिक भिडियो)मा तीजको अवसरमा माइत जान लाग्दा प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिका कारण श्रीमान्-श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको छ । उक्त गीतको शब्द युवा गीतकार डीपी खनालले रचना गरेका हुन् भने संगीतकार ताराप्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको छ । गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका छन् ।

यतिबेलाका ब्यस्त मोडेल तथा कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि फरक स्वादको अभिनय हेर्न पाइन्छ । फराज अर्पनको छायाङ्कन, सन्तोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावअनुरुप यथार्थपरक ढङ्गमा निर्देशन गरेका छन् ।