आजको पञ्चाङ्ग एवम् राशिफल (२५ साउन २०७९ बुधबार, १० अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ साउन २०७९ बुधबार, १० अगस्ट २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ श्रावण २५ गते तद्अनुसार सन् २०२२ अगस्त १० तारिख बुधबार श्रावण शुक्ल त्रयोदशी तिथि पूर्वाषाढ़ा नक्षत्र ८ः२८ पर उत्तराषाढ़ा नक्षत्र प्रीति योग गर करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशिमा १४ः३ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्योदय हुनेछ । सम्पत्ति वृद्धि होला । काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोद प्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – समय मिश्रित रहनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन – प्रेमभावका साथ धन मान वृद्धि हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

कर्कट – समयले साथ दिनेछ । पराक्रम वृद्धि हुनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – दैनिब कार्यमा केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउँछ । आज बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । समृद्धि बढ्नेछ । आशा उत्साह बढ्नेछ । भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला ।

कन्या – शुभता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आरोग्यता बढ्नेछ । मनोकूलको काम हुनेछ । रसरागमा रुचि रहला । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ भने कार्यमा सफलता प्राप्त हुनेछ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । ऋण, रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – लगानी बढ्नेछ भने ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य मिल्ला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – आयस्रोत बढ्नेछ । परिवारिक सुखका साथै काममा सफलता मिल्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – कर्मबल बढ्ने र पारिवारिक सुख वृद्धि हुने दिन छ । आफन्तको साथ मिल्नेछ । तर समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।