- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण २६ गते बिहीबार तद्अनुसार सन् २०२२ अगस्त ११ तारिख श्रावण शुक्ल पक्षको चतुर्दशी तिथि ९ः४४ पर पूर्णिमा तिथि उत्तराषाढ़ा नक्षत्र ६ः४९ पर श्रावण नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादियोगमा ध्वाँक्ष योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ बजे भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । पूर्णिमा व्रत, श्री शिवजीमा पवित्रारोपन, संस्कृत दिवस ।
आजको राशिफल
मेष – कर्मबलका साथै प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग छ, तर आज श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । इर्ष्या गर्नेले दुःख दिन सक्छन् । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – आज बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले भने धेरैको मन लोभ्याउन सक्छ ।
मिथुन – सुख र सफलता प्राप्त हुने दिन छ । रोकिएको काम बन्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । रसरागमा रुचि बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । सुख सुविधाको बस्तु बढ्ला
कर्कट – भाग्योन्नतिको समय छ । आज पारिवारिक सुख प्राप्त हुनेछ । प्रशस्तै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मानसम्मान ख्याति फैलिनेछ ।
सिंह – पराक्रम बढ्ने र अप्ठ्यारा कामको दायित्व आइपर्ने दिन छ । मनोबल त बढ्नेछ तर ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । आरोग्यता वृद्धि हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – ऊर्जा वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्नेछ । तर प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ ।
तुला – प्रेमबल बढ्ने र यात्रा हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
वृश्चिक – सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । तर, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुट्ला । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहारप्राप्ति र धनलाभ हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – देखिएको समस्याको समाधान गर्नुहुनेछ । जाँगरमा भने कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उचित होला ।
मकर – कर्मबल बढ्नेछ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । इष्टमित्रको सहयोग मिल्ने र ऐश्वर्य बढ्ने योग छ ।
कुम्भ – सौभाग्य वृद्धि हुनेछ । आश मारेको काम पनि आज बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ ।
मीन – आयस्रोत बढ्ने र यात्रामा सफलता प्राप्त हुने योग छ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।
प्रतिक्रिया