- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं.२०७९ श्रावण २७ गते शुक्रबार तद्अनुसार सन् २०२२ अगस्त १२ तारिख श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि ७ः२५ पर भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि धनिष्ठा नक्षत्र सौभाग्य योग बालब करण आनन्दादिमा धाता योग चन्द्रमा मकर राशिमा १६ः३४ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । जनैपूर्णिमा, रक्षाबन्धन, गाइजात्रा, ऋषितर्पणी, संस्कृत दिवस ।
आजको राशिफल
मेष – यात्रामा सफलता प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने योग भए पनि सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिँदैन । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला ।
वृष – ब्यस्तता बढ्ने र समस्याको समाधान प्राप्त हुने दिन छ । स्वास्थ्य कमजोर हुनाले खानपानमा विचार पुर्याउनु पर्ला । सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्दा अनावश्यक यात्राको योग देखिन्छ । तथापि आज सुखको अनुभव हुन्छ । सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन – कार्यक्षमता र सुख बढ्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – समृद्धि बढ्ने र धन आर्जन हुने योग छ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – आजको दिन त्यत्ति उत्साहजनक नरहला । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् भने विस्वास गरेकाले धोका दिेनेछन् । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला । आरोग्य भने बढ्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन मनोकूलको काममा सफलता मिल्ने प्रकारको छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । तथापि, पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – कर्मबल बढ्नेछ । काम बनेर मन रमाउने दिन छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ तथा फलिफाप हुने होला । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – आयस्रोत बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।अनेक किसिमका फाइदा हुनेछ । आरोग्यता पनि बढ्नेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।
धनु – मनमा सकरात्मकता बढे पनि आजको दिन त्यति सकारात्मक नरहला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । काममा समस्या देखिने योग छ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।
मकर – रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शुभता वृद्धि होला । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्नलाभ होला । सुखद खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । आशा उत्साह बढ्ला । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – समृद्धि हुने समय छ । पराक्रम बढ्ने र प्रयासरत काम बन्ने देखिन्छ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । देखापरेको समस्याको समाधान मिल्नेछ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला ।
मीन – प्रेमभाव र सुखशान्ति बढ्नेछ । पाहुना आगमनको दिन छ । धनको लाभ होला । रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । धन यश मान पद प्रतिष्ठा बढ्ला । रसरागमा रुचि बढ्नेछ । विजयी रहनुहुनेछ ।
प्रतिक्रिया