आजको पञ्चाङ्ग एवम् राशिफल (२८ साउन २०७९ शनिबार, १३ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ साउन २०७९ शनिबार, १३ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण २८ गते शनिबार तद्अनुसार सन् २०२२ अगस्त १३ तारिख भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि शतभिषा नक्षत्र शोभन योग तैतिल करण आनन्दादियोगमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ बजे भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । रोपाइँ जात्रा ।

आजको राशिफल

मेष – आज धनार्जन हुने योग छ । लगानी उठ्नेछ । मान महत्व प्राप्तिका साथै बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी एवम् घरपरिवारबाट सुख शान्ति मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।

वृष – शुभ काम बन्ने र विजयश्री मिल्ने योग भए पनि व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – सम्पत्ति र सौभाग्य बढ्नेछ । सफलता प्राप्त हुने र रोकिएको काम बन्नेछ । प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – नयाँ काम बन्नुसँगै धन आर्जन र बचत हुने योग छ । शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । सुख शान्ति बढ्नेछ ।

सिंह – समृद्धिका साथ मनोबल बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नवीन कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कठोर तपस्याले मनोकूलको काममा सफलता मिल्ने योग रहे पनि आज आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्ला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । साझेदारीको कार्य बन्नेछ । विलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – प्रेमबल बढ्ने र कार्यक्षेत्रमा सफलता मिल्नेछ । मान सम्मान मिले पनि मनमा बेग्लै डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने रोकिएको कार्य बन्ला । .रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन रमाइलो र मनोरञ्जनपूर्ण रहला । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने योग छ । काममा सफलता पाउनुहुनेछ । भाग्योदय होला । आफन्तको सहयोग रहनेछ । साथीसित भेटघाट होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – पराक्रम बढ्नेछ । अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हितकर रहला ।

मकर – कर्मबल बढ्नेछ तर अनावस्यक झमेलामा परिएला । आज केही हानी हुन सक्छ, सावधान रहनुहोला । पीडा दिनेहरु सक्रिय छन्, सावधान रहनुहोला । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – सौभाग्य वृद्धि हुने र धनार्जन हुने दिन छ । काममा सफलता मिल्नेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – आर्थिक क्षेत्रमा उन्नति होला । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।