गजल

गजल


  • रामचन्द्र ढकाल

मिलेसम्म जाने गर्छु, हेर्छु आमा बागमती
चिताबाट रुँदै भन्छिन्, भयो मेरो दुर्-गति ।

ढल हाले मल हाले, जताततै फोहर फाले
गन्ध मैला मात्र हुन्छ, बिचरा छन् बिष्णुमती ।

तीर्थजल बोकी लाने, थियौ चोखो नदी तिमी
लास लादी बोक्नु पर्दा, कष्टमा छन् रूद्रमती ।

कोही पिच्च नाक थुनी, भागे मुख ढाकी कोही
हेपाइले पीडा हुन्छ, भन्छिन् आज भगवती ।

राम्रो फूल नफुल्नु है, आँखा लाग्छ भनेको हो
बेली चम्पा चमेली र, पछुतोमा पशुपति ।

  • कोमल, काठमाडौं