आजको पञ्चाङ्ग एवम् राशिफल (३० साउन २०७९ सोमबार, १५ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० साउन २०७९ सोमबार, १५ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण ३० गते सोमबार तद्अनुसार सन् २०२२ अगस्त १५ तारिख भाद्र कृष्ण पक्षको चतुर्थी तिथि उत्तराभाद्रपद नक्षत्र सुकर्म योग बब करण आनन्दादियोगमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः३५ बजे भयो र सूर्यास्त साँझ १८ः४० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन व्यस्तता बढ्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । धन आर्जन हुने समय छ । कामको चाप घट्नेछ। परिवारजनको साथले उत्साह जगाउनेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – कार्यक्षमता बढ्नेछ । आश मारेको काम पनि आज बन्ने सम्भावना छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ, तर अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । अरूको भरपर्दा धोका पाइएला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। नयाँ सम्भावना देखापर्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् ।

सिंह – आरोग्य वृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – पारिवारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । रासविलासमा रुची बढ्नेछ ।

तुला – कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । आँट गर्न नसक्दा नयाँ योजना कार्यान्वयन नहुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – भाग्योदय होला, आफन्तको सहयोग बढ्ला । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ ।

धनु – पराक्रम बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उचित रहला ।

मकर – कर्मबल बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । इष्टमित्रको सहयोग भेट्ने छ ।

कुम्भ – घरपरिवारको स्थिति अनुकूल रहनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ ।

मीन – प्रयासरत काममा सफलता मिल्नेछ । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । समयले साथ दिनेछ ।