- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण ३१ गते मंगलबार तद्अनुसार सन् २०२२ अगस्त १६ तारिख भाद्र कृष्ण पक्षको पञ्चमी तिथि रेवती नक्षत्र शूल योग कौलव करण आनन्दादियोगमा शुभ योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ बजे भयो र सूर्यास्त साँझ १८ः३९ बजे हुनेछ ।
आजको राशिफल
मेष – नयाँ काम गर्दै हुनुहुन्छ भने आाजको दिन शुभकारी छ । दौडधुप र खर्च बढे पनि मान महत्व प्राप्त हुनेछ । प्रेमको बन्धन कसिन सक्छ । धन कमाउने अवसर मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – आजको दिन आयमूलक काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता मिल्ने देखिन्छ ।
मिथुन – रोकिएको काम बन्ने र रसरागमा रुचि बढ्ने योग छ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । काममा हौसला मिल्नेछ भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – ाजको दिन तपाईंलाई आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ ।
सिंह – मनोबल बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । आरोग्य वृद्धि होला । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आफन्तसित भेटघाट हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । दाम्पत्य सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । आयस्रोत बढ्ला । विलासमा रुचि बढ्नेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
तुला – रोकिएको काम बन्ने योग भए पनि प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । आज मित्रजनसँग नै झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ । सवारीसाधन चलाउदा सावधान रहनुहोला । आफन्तको सहयोग समर्थन भने मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
वृश्चिक – सद्कर्म पथमा प्रगति होला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
धनु – व्यस्तता बढ्नेछ । मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।
मकर – पराक्रम बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला ।
कुम्भ – काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। आज स्वास्थ्यमा ध्यान राख्नुहोला ।
मीन – शुभता बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।
प्रतिक्रिया