आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०७९ बुधबार, १७ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०७९ बुधबार, १७ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १ गते तद्अनुसार सन् २०२२ अगस्त १७ तारिख बुधबार भाद्र कृष्ण पक्षको षष्ठी तिथि अश्विनी नक्षत्र गण्ड योग गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ मा भयो र सूर्यास्त साँझ १८ः३९ बजे हुनेछ । भाद्र संक्रान्ति ।

आजको राशिफल

मेष – शुभ समाचार प्राप्त हुनेछ । काममा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुने योग छ । हिम्मतले काम लिनुहोला । आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । धन सम्पत्ति वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आय बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मनको डर उत्साहमा रुपान्तरण हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – पराक्रम वृद्धि हुने र प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । मान, सुख र समृद्धि बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आरोग्यता वृद्धि र मित्रजनको साथ मिल्ने योग भए पनि अनावश्यक रुपमा समय बित्न सक्छ । फाइदाका लागि आज योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति र पराक्रम वृद्धि होला । प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ । प्रेमभाव बढ्नेछ । मनोकूलको काम हुनेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नुहोला ।

वृश्चिक – पराक्रम बढ्ने र कार्यमा सफलता प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। सुख सुविधाको वस्तु किन्नु हुनेछ, योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – प्रेमभाव र शुभता वृद्धि हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन्। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ। बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – परिवारिक सुख बढ्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आरोग्यता बढ्नेछ । काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता प्राप्त होला । तर पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ। साझेदारीको काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।