आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०७९ बिहीबार, १८ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०७९ बिहीबार, १८ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र २ गते बिहीबार तद्अनुसार सन् २०२२ अगस्त १८ तारिख भाद्रपद कृष्ण पक्षको सप्तमी तिथि भरणी नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५:३६ मा भयो र सूर्यास्त साँझ १८:३७ मा हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता बढ्नेछ । सद्काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भागदौड र खर्च बढ्ने योग छ । ब्यस्तता बढे पनि समस्याको समाधान प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान प्राप्ति हुनेछ ।

मिथुन – आय बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – समृद्धि बढ्नेछ भने ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्ने योग छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्ला ।

सिंह – पराक्रम र आरोग्य बढ्ने योग भए पनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउँछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दु:ख पाइनेछ, याद राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । मनोकूलको काम बन्नेछ । तर स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – कर्मबल बढ्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता पनि बढ्ला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ ।

धनु – आजको दिन व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – प्रयासरत काम बन्नेछ तर श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यस्त रहनु हुनेछ ।

मीन – मनोकूलको काम बनेर मन प्रशन्न रहला । शुभ काममा भाग लिनुहुनेछ । तर इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । रसरागमा रुचि बढ्नेछ ।