- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ३ गते तद्अनुसार सन् २०२२ अगस्त १९ तारिख शुक्रबार भाद्र कृष्ण पक्षको अष्टमी तिथि कृतिका नक्षत्र ध्रुव योग बालब करण आनन्दादिमा छत्र योग चन्द्रमा मेष राशिमा ९ः४७ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३७ बजेमा हुनेछ । श्रीकृष्ण जन्माष्टमीव्रत, मोहरात्रि, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – आज स्वास्थ्य कमजोर रहन सक्छ, ख्याल गर्नुहोला । खानपानमा बिचार पुर्याउनु होला । अल्छीपनले सताउला । शरिरमा रोगका कारण धनको पनि क्षति होला । काममा ढिलासुस्ती हुन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । कार्यव्यापारमा सफलता प्राप्त होला ।
वृष – समय शुभ रहनेछ । सफलताको मात्रा बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ । बुद्धिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन शुभता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभ पनि हुनेछ । रुपैयाँपैसा कमाइने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज तपाईंलाई अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।
कर्कट – आज शरीरमा कमजोरी महसूस भए पनि रमाइलो किसिमबाट दिन बित्नेछ । आयस्रोत र कार्यगति बढ्नेछ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – आजको दिन कर्ममा रुचि बढ्ने योग रहे पनि नसोचेको कुरामा पैसा खर्च हुनेछ, सावधान रहनुहोला । शरीर पनि खास स्वस्थ रहने छैन, सामान्य रोगले सताउला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति भने रहनेछ ।
कन्या – पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । बन्दैन भनेको काम पनि तपार्इंको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । आफन्तजनसँग भेटघाट हुनाले मन प्रफुल्ल रहनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बेलुकीपख त्यति सुखकारी नरहला ।
तुला – प्रयत्नले मनोकूलको काम हुनेछ । शुभ कार्यमा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । नचिताएको टाउबाट आम्दानी हुने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी होला । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यमा सुधार होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – दाम्पत्यसुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुने योग छ । नया कामको थालनी गर्नुभए राम्रो हुन्छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तानपक्षबाट सुखको अनुभूति पनि हुनेछ । नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ । शुभ काममा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – कार्य क्षमता वृद्धि हुने र कार्यमा सफलता प्राप्त हुने योग रहे पनि आज तपाईंलाई कता–कता मनमा भय रहला । अनावश्यक रुपमा डर लाग्न सक्छ भने कसैसंग हल्का मनमुटाव पनि होला, सतर्क रहनुहोला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नोकरी तथा राजनितीमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।
कुम्भ – परिवारिक सुख बढ्नेछ, काममा सफलता मिल्नेछ । सुखको अनुभव हुने दिन छ, साथै आर्थिक कारोबार पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।
मीन – पराक्रम वृद्धि हुनेछ । यश वर्चश्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । आकस्मिक लाभ हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।
प्रतिक्रिया