आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०७९ शनिबार, २० अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ भदौ २०७९ शनिबार, २० अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ४ गते शनिबार तद्अनुसार सन् २०२२ अगस्त २० तारिख भाद्र कृष्ण पक्षको नवमी तिथि रोहिणी नक्षत्र व्याघात योग तैतिल करण आनन्दादियोगमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः३७ बजे भयो र सूर्यास्त साँझ १८ः३६ बजे हुनेछ । श्रीकृष्ण रथयात्रा ।

आजको राशिफल

मेष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने र सन्तानको सुख प्राप्त हुने ग्रहयोग भए पनि आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आँखाको समस्याले पनि सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । खेलकुद एवम् भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्य बढ्नेछ । सुखमूलक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तर समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपलौ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला ।आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । त्यसबाट आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लगानी र कार्यक्षमता बढ्नेछ । आजको दिन परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर ब्यापारबाट भने फाइदा हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज आर्थिक अभावले सताउन सक्छ, तथापि कर्मशीलताले आशा उत्साह बढाउनेछ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट केही समयलाई मुक्ति मिल्नेछ । आज यात्रा र सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने छ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – व्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । तर सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – परिबारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । मनोकूलको काममा सफलता मिले पनि व्यापारमा मन्दी आउने देखिन्छ । लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति अरुले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । रसविलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – प्रेमबल बढ्नेछ भने दाम्पत्य सुख प्राप्त हुनेछ । आफन्तको सहयोग बढ्ला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काममा सफलता दिलाउनेछ ।

धनु – आज सामर्थ्य बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । राजनीतिक पहुँच बढ्नेछ तर भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । सन्तानको सुख प्राप्त हुनेछ । सम्पत्ति वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आजको दिन सावधानीपूर्वक कर्म गर्नु उपयुक्त हुनेछ । हातमा आएको अवसर गुम्न सक्ने योग छ । खराब व्यक्तिको संगतले मानसम्मानमा चोट पुग्ला । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्य पनि अनुकुल नरहन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । यात्रामा सफलता पाउनुहुनेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – काममा सफलता मिल्नेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । व्यवसायमा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । विशेष उपहार हातलागी हुन सक्छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – नयाँ सम्भावना देखिनेछ । भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । प्रयासरत काममा सफलता मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मनअनुकूलको काम बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।