- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ७ गते मंगलबार तद्अनुसार सन् २०२२ अगस्त २३ तारिख भाद्र कृष्ण पक्षको एकादशी तिथि ६ः५ पर द्वादशी तिथि आर्द्रा नक्षत्र सिद्ध योग कौलव करण आनन्दादियोगमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ बजे भयो भने सूर्यास्त साँझ १८ः३३ बजे हुनेछ । अजा एकादशीव्रत ।
आजको राशिफल
मेष – पराक्रम बढ्नेछ । मान महत्व र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
वृष – आजको दिन सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउमा धननाश हुन सक्छ । यसका बाबजुद बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि होला । केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय भने आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ ।सुखको वस्तु बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।
कर्कट – लगानी तथा खर्च बढ्नेछ भने सँगसँगै शुभता र समृद्धि वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । खेलकुद र भ्रमणमा रुचि बढ्ला ।
सिंह – आयबल बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । व्यस्तताका बीच आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट््न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – कर्मबल बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ ।
वृश्चिक – सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – दिन मिश्रित प्रकारको छ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु उपयुक्त हुनेछ ।
मकर – प्रेमभाव बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – आज कमजोर भएको महसूस हुन सक्छ । तथापि काममा सफलता मिल्नेछ । महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।
मीन – भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । सुखी र सफल रहनुहुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।
प्रतिक्रिया