आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०७९ बुधबार, २४ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०७९ बुधबार, २४ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र ८ गते बुधबार तद्अनुसार सन् २०२२ अगस्त २४ तारिख भाद्रपद कृष्ण पक्षको द्वादशी तिथि ८ः८ पर त्रयोदशी तिथि पुनर्वसु नक्षत्र व्यतिपात योग गर करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा ७ः५१ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – आजको दिन शुभता बढ्नेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । यात्रामा सफलता र रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । मान, सुख, समृद्धि बढ्नेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समग्रमा दिन रमाइलो छ ।

वृष – शुभता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । व्यस्तता र ब्यय बढे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने प्रकारको उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । साहससम्बन्धित काम बन्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन अप्ठ्यारोका बाबजुद केही काम बन्ने योग छ । क्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । उपचारमा खर्च हुन सक्छ । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – शुभता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता र पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । नचिताएको फाइदा प्रप्त हुन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – धनबल बढ्ने र शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि पढाइलेखाइमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि सम्भावना छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । विशेष आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला अनि मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल सावित हुनुहुनेछ । आरोग्यता बढ्ला । ऋण, रोग र शत्रुमाथि भने ध्यान राख्नुपर्नेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । तथापि कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । मनमा सकारात्मक भाव बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। आफन्तको साथ मिल्नेछ ।

कुम्भ – पराक्रम बढ्ने तथा प्रयासरत काम बन्ने योग रहे पनि अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । आजको दिन ब्यस्त रहनुहुनेछ ।

मीन – आजको दिन मान महत्व बढ्ला । रोकिएका काम अघि बढ्ने बेला छ । विशेष सभा(समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले भने झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुपर्नेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।