युरोपमा ५०० वर्षयताकै सबैभन्दा खराब खडेरी

युरोपमा ५०० वर्षयताकै सबैभन्दा खराब खडेरी


युरोपको दुई तिहाइ भाग कुनै न कुनै प्रकारको खडेरीको चेतावनीमा रहेको र यो ५०० वर्षमा सबैभन्दा खराब घटना भएको जनाइएको छ ।

ग्लोबल ड्राउट अब्जर्भेटरीको पछिल्लो रिपोर्टले महादेशको ४७५ भाग ‘चेतावनी’ अवस्थामा रहेको बताउँछ, जसको अर्थ माटो सुकेको छ । यस्तै अर्को १७ प्रतिशत अलर्टमा छ, जसको अर्थ वनस्पतिले तनावको लक्षण देखाउँछ ।

रिपोर्टले चेतावनी दिएको छ कि यस प्रकारको सुक्खा अवस्थाले बाली उत्पादनमा ब्यापक असर गर्नेछ, जंगलमा आगो फैलाउनेछ र युरोपका केही दक्षिणी क्षेत्रहरूमा धेरै महिना रहन सक्छ ।

खडेरीकै कारण अघिल्लो पाँच वर्षको तुलनामा औषतमा न्यून अनाज उत्पादन हुने पूर्वानुमान गरिएको छ ।

अब्जर्भेटरी खडेरी पर्यवेक्षक युरोपेली आयोगको अनुसन्धान शाखाको हिस्सा हो । आयोगले चेतावनी दिँदै भनेको छ, ‘वर्तमान खडेरी कम्तिमा ५०० वर्षपछि सबैभन्दा खराब अवस्थाको हो भने यो अझै बढ्न सक्छ ।