आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०७९ बिहीबार, २५ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ भदौ २०७९ बिहीबार, २५ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ९ गते बिहीबार तद्अनुसार सन् २०२२ अगस्त २५ तारिख भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि १०ः६ पर चतुर्दशी तिथि तिष्य नक्षत्र वरियान योग भद्रा करण आनन्दादियोगमा शुभ योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ बजेमा भयो र सूर्यास्त साँझ १८ः३१ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – भागदौड ब्यस्तता बढ्नेछ । गोपनियतामा ध्यान पुर्याउनुपर्ने दिन छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – सुखमूलक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रमाइलो जमघटले आनन्द दिलाउनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ। तर, घरपरिवारको स्थिति अनुकूल रहला, साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आजको दिन स्वास्थ्यप्रति विशेष सजग रहनुपर्ला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्ता र सुख बढ्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुने योग छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आयबल बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । धन आर्जन हुने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले भने सताउन सक्छन् । साझेदारीको कार्य बन्नेछ । विलासमा चिी बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – कर्मबल बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । उत्साह जाग्ने योग रहे पनि अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दाम्पत्य सुख प्राप्त हुने र प्रेमबल बढ्न योग रहे पनि शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूको भरपर्दा धोका पाइएला । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – दौडधुप बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर – प्रेमभाव बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – धनसम्पत्ति र आरोग्यता बढ्ने योग भए पनि वादविवादमा परिने सम्भावना भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – भाग्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । समयले साथ दिनेछ । मन प्रशन्न रहला ।