युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु

युक्रेनी रेल स्टेसनमा मिसाइल हमला, १५ जनाको मृत्यु


युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् ।

‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा दिएको एक भाषणमा भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले जानकारी दिए ।