प्रहरीका रूपमा जिम्मेवारी पूरा गर्न नसकेको जापानका राष्ट्रिय प्रहरी एजेन्सीका प्रमुखको स्वीकारोक्ति

प्रहरीका रूपमा जिम्मेवारी पूरा गर्न नसकेको जापानका राष्ट्रिय प्रहरी एजेन्सीका प्रमुखको स्वीकारोक्ति


जापानका राष्ट्रिय प्रहरी एजेन्सीका प्रमुख नाकामुरा इतारुले आज (२५ अगस्त) पत्रकार सम्मेलनमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

नाखामुराले, पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको घटनामा राष्ट्रिय प्रहरी एजेन्सीले सुरक्षा गार्डको समस्याको जाँच गरी पुनरावृत्ति हुन नदिन उपायहरू संकलन गरेको बताउँदै, सुरक्षा गार्डको अपर्याप्तताले घटना भएको हो भनेर जिम्मेवारी स्विकार गर्दै राजीनामा दिन लागेको बताएका हुन् ।

गत जुलाई ८ मा चुनावी प्रचारको क्रममा आबेमाथि खुलेआम गोली प्रहार गरी हत्या गरिएको थियो । दिउँसै भाषण गरिरहेको समयमा ४१ वर्षीया यामागामीले गोली प्रहार गरेको थिए । यो घटना घट्नुमा पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध नहुनु तथा भएका सुरक्षाकर्मीहरुको उचित व्यवस्थापन हुननसक्नुलाई कारण मानि बहसहरु भइरहेका छन् ।

पत्रकार सम्मेलनमा नाकामुराले भने, ‘प्रहरीका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकिएको तथ्यलाई म गम्भीरताका साथ लिन्छु । मलाई लाग्छ यो साँच्चै गम्भीर छ ।’ त्यसका आधारमा उनले भने, ‘यस्ता घटना दोहोरिन नदिनका लागि समस्या पहिचान गर्ने, प्रतिकार्य गर्ने र सुरक्षाकर्मीलाई बलियो बनाउन समीक्षा गर्ने मेरो दायित्व हो ।