– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १० गते तद्अनुसार सन् २०२२ अगस्त २६ तारिख शुक्रबार भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग चतुष्पाद करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ बजेमा हुनेछ । दर्शश्राद्ध, निशि बार्ने ।
आजको राशिफल
मेष – ब्यस्तता बढ्नेछ । अरुको भर नबसी आफ्नै बल विवेकले काम गर्नु कल्याणकारी हुनेछ । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले चाहिँ यो राम्रो समय छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । मित्रभाव वृद्धि होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – पराक्रम र प्रगतिको दर बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । आफन्तको साथ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – वर्चश्व बढ्नेछ । धन मान वृद्धि हुनेछ । दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – आरोग्यता र पराक्रम वृद्धि हुने योग भए पनि विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनुपर्ने दिन छ छ । रसरागमा भने आकर्षण बढ्नेछ ।
सिंह – कार्यगति बढ्नेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सम्पन्न हुनेछन् । दिन रमाइलै छ । ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । समृद्धि बढ्नेछ । आशा उत्साह पलाउनेछ । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आयस्रोत वृद्धि हुनेछ । धनलाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – कार्यगति बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । आज कुनै पनि नयाँ काम नथाल्नुहोला । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ । धनको लाभ होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – शुभ काममा आकर्षण बढ्नेछ । सुख–सुविधाको बस्तु किन्नुहुनेछ । स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनुहोला । ब्यर्थ धन नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – आजको दिन जोखिममा नपर्नु हितकर हुनेछ । कार्य क्षमता वृद्धि हुनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केहि दुविधा पनि रहला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – व्यस्तता बढ्नेछ । कामहरू सजिलै बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । परिवारिक सुख बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्ने योग रहे पनि विवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया