आजको पञ्चाङ्ग एवम् राशिफल (११ भदौ २०७९ शनिबार, २७ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ भदौ २०७९ शनिबार, २७ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र ११ गते शनिबार तद्अनुसार सन् २०२२ अगस्त २७ तारिख भाद्रपद कृष्ण पक्षको अमावश्या तिथि मघा नक्षत्र शिव योग किंस्तुघ्न करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । कुशेऔँसी । बुबाको मुख हेर्ने ।

आजको राशिफल

मेष – आजको दिन अनावश्यक विवादमा पर्न सक्ने हुँदा बोल्दा विशेष सतर्कता अपनाउनुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला । मित्रमिलन होला । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । आफ्नै बल विवेकले काम गर्नु कल्याणकारी हुनेछ । सफलता प्राप्त हुनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ । मनमा दुविधा रहन सक्ने दिन छ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आजको दिन समृद्धि बढ्ने र कार्यक्षमता वृद्धि हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चलअचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिन शुभदायी छ । धन तथा समृद्धि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।

सिंह – ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्ने दिन छ । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नुहोला । खानामा पनि एकदमै सावधान रहनुहोला । स्वास्थ्यका लागि सजग रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दामामिलामा विजयी भइनेछ । आज धनलाभको योग छ, पढाइमा प्रगति होला, साथै दिन खुशीसाथ बित्ने छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आयबल बढ्नेछ । सफलता मिल्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । आफन्तमिलनले सुख दिनेछ । पैसो कमाउने योग साथौ पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – नयाँ काम बन्नेछ । परिवारिक सुख प्राप्त हुनेछ । आयस्रोत बढ्नेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ । कामहरु सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज घरेलु समस्याले सताउन सक्छ । मित्र बनेर धोका दिनेहरु सक्रिय रहलान् । अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – रसरागमा आकर्षण र सामर्थ्य बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आज नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्नेछ । रुपैयाँपैसाको लेनदेन पनि खासै राम्रो छैन । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठनपाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – प्रेमबल बढ्नेछ । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ । आज कुनै नया कामको थालनी गर्नु भए राम्रो हुन्छ । शुभ काममा भाग लिनुहुनेछ । रसरागमा रुचि बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।