प्रधानमन्त्री निवासमा आफ्नो टपलेस तस्बिरबारे प्रधानमन्त्री मारिनको प्रष्टोक्ति

प्रधानमन्त्री निवासमा आफ्नो टपलेस तस्बिरबारे प्रधानमन्त्री मारिनको प्रष्टोक्ति


फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् ।

एउटा डान्स पार्टीमा नाचेको र प्रधानमन्त्रीले लागूऔषध खाएको अनुमानबीच पाहुनासमेतको टपलेस तस्बिरबारे उनले माफी मागेकी हुन् । तर, लागूऔषध सेवनबारेको परीक्षणमा उनको रिपोर्टचाहिँ नेगेटिभ आएको छ ।

दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपयुक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छन् र उनले क्षमायाचना गरेकी छन् । तस्बिरमा दुई महिलालाई ‘फिनल्याण्ड’ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

रुइसरोक संगीत उत्सवपछि आधिकारिक निवास हेलसिंकी केसरन्टामा जुलाईमा पार्टी भएको प्रधानमन्त्रीले बताएकी छन् । अतिथिले प्रयोग गर्ने शौचालयको तल तस्बिर लिइएको फिनल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् ।

‘हामीले सौना, पौडी खेल्यौँ र सँगै समय बितायौँ’, मारिनले भनिन्, ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण केही भएन ।’