पूर्वबक्सिङ च्याम्पियन फोरम्यानविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी मुद्दा

पूर्वबक्सिङ च्याम्पियन फोरम्यानविरुद्ध यौन दुर्व्यवहारसम्बन्धी मुद्दा



झण्डै पाँच दशकअघि आफूहरूमाथि यौन दुर्व्यवहार भएको दाबी गर्दै दुई अमेरिकी महिलाले पूर्वबक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध मुद्दा दायर गरेका छन् ।

सन् १९७० को दशकमा आफूहरू किशोरावस्थामा रहेको र सहमतिको उमेरभन्दा कम समयमा आफूमाथि यौन उत्पीडन भएको आरोप फोरम्यानविरुद्ध लगाउँदै उनीहरूले लस एन्जलस उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

त्रिहत्तर वर्षीय फोरम्यानले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै आफ्नो र आफ्नो परिवारबाट लाखौँ डलर लुट्ने प्रयासस्वरुप मुद्दा दायर गरिएको वक्तव्य एबिसी न्यूजलाई दिएका छन् ।

उनले आफू झगडा नगर्ने तर कलह चाहनेहरूबाट नभाग्ने बताउँदै झुठा आरोप लगाउनेहरूको पर्दाफास गर्ने जनाएका छन् ।