डायनाले चढेको गाडी लिलाममा बिक्री

डायनाले चढेको गाडी लिलाममा बिक्री


बेलायतकी पूर्वराजकुकारी डायनाले चढेको गाडी लिलामीमा बिक्री गरिएको छ । डायनाको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा बिक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भव्य रोल्स-रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।