एक दशकयताकै ठूलो वर्षाका कारण पाकिस्तानमा १,१३६ जनाको मृत्यु

एक दशकयताकै ठूलो वर्षाका कारण पाकिस्तानमा १,१३६ जनाको मृत्यु


पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको छ । विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ । ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ पाकिस्तानी जलवायुमन्त्री सेरी रहमानले भनेकी छन् ।

जुनमा मनसुन सिजन सुरु भएयता पाकिस्तानमा कम्तीमा १,१३६ जनाको मृत्यु भएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ । ‘पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानको भनाइ छ ।