आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०७९ बुधबार, ३१ अगस्ट २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०७९ बुधबार, ३१ अगस्ट २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद १५ गते बुधबार तद्अनुसार सन् २०२२ अगस्त ३१ तारिख भाद्र शुक्ल पक्षको चतुर्थी तिथि चित्रा नक्षत्र शुक्ल योग बब करण आनन्दादियोगमा काल योग चन्द्रमा कन्या राशिमा ११ः५५ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः४२ बजे भयो र सूर्यास्त साँझ १८ः२४ बजे हुनेछ । गणेशचतुर्थी व्रत, राष्ट्रिय धर्मसभा दिवस ।

आजको राशिफल

मेष – आज कुनै नयाँ कार्य थालनी गर्नुभए राम्रै हुनेछ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि होला । काम गर्न जाँगर आउनाले धनको लाभ होला । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । प्रयत्न गर्दा सुखमूलक काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बने पनि कसैसंग हल्का मनमुटाव होला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – कार्यक्षमता बढ्नेछ । अरुलाई प्रभावित गरेर काम सम्पन्न गर्ने समय छ । सौभाग्य र सम्पत्ति बढ्ला । धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता होला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आज पराक्रमका साथै सुख बढ्नेछ । नयाँ सम्भावना देखापर्नाले आशा उत्साह वृद्धि होला । सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । ख्याति फैलिनेछ ।

सिंह – नयाँ सम्भावना देखापर्ने र आरोग्य वृद्धि हुने दिन छ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आकस्मिक लाभ हुन सक्छ र आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । तर पनि परिवारमा भने सामान्य विवाद होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आइपर्न सक्छ । अल्छीपनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । खानपानमा बिचार पुर्याउनु होला । काममा ढिलासुस्ती हुन सक्छ । तथापि, रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्ने योग छ । विलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – शुभता बढ्ने र रोकिएको काम बनेर परिवारको आवश्यकता पूरा गर्ने योग छ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम सुरु हुन सक्छन् । बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – शुभता बढ्नेछ । आज अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । परिवारबाट पनि सुखको अनुभूति मिल्ला । दाम्पत्य सुख प्राप्त हुनेछ । चिताएको काममा सफलता पाइने र धन लाभ पनि हुने दिन छ । आवश्यक परेको विषयमा कसैको समर्थन पनि पाइएला । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ । धैर्य र संयमले काम गरेमा अझ सफलता मिल्नेछ ।

धनु – कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट धन आर्जन हुन सक्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – निरर्थक क्षेत्रमा पैसा खर्च हुनेछ । सामान्य रोगले सताउला, सावधान रहनु होला । भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – शुभता वृद्धि हुने र दिनको आरम्भ सुखदानुभूतिका साथ होला, तर बेलुकीपख काम गर्न मन नलाग्न सक्छ । अथक प्रयासमा मात्र काम बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । आरोग्यता बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आज मनअनुकूलको काम बन्नेछ । नचिताएको टाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्न सक्छ । ब्यवसायमा पनि राम्रै आम्दानी होला । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।