हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार

हिंसा चर्किएपछि इराकी प्रधानमन्त्री राजीनामा दिन तयार


इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रह्यो भने पदबाट राजीनामा दिने बताएका छन् । सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल-काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरेका छन् ।

यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए ।

राजनीति छाड्ने अल-सद्रकाको उद्घोषलगत्तै उनका समर्थकहरूले सुरक्षा बलमाथि गोली र रकेट फायर गर्दे हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।