- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४नेपाल सं.११४२नलनामक संवत्सर बर्षा ऋतु वि.सं.२०७९भाद्रपद१६गते तद्अनुसार सन्२०२२सेप्टेम्बर१तारीख विहीबार भाद्र शुक्ल पक्षको पञ्चमी तिथि स्वाती नक्षत्र ब्रम्हा योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान५÷४३मा भयो र सूर्यास्त सांझ१८÷२३बजेमा हुनेछ । ऋषिपञ्चमी व्रत, सप्तर्षि पूजा,बिरुडापञ्चमी,धर्मविनायक राष्ट्रिय रथयात्रा ।
आजको राशिफल
मेष – शुभकारी समय छ । सुख शान्ति समृद्धि र आनन्द बढ्नेछन् । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – आजको दिन मिश्रित फलदायी रहला । आरोग्य बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ्र आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयापैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक रआर्थिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन – आज अनावश्यक झैझमेला आइपर्ना सक्छ । समय खासै राम्रो नभएकोले होस राख्नु हितकारी हुनेछ । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ ।तथापि प्रयत्न गर्दा समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा पनि सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पराक्रम वृद्धि हुने र रसरागमा आकर्षण बढ्ने योग भए पनि समग्रमा आजको दिन त्यत्ति शुभकारी नहुन सक्छ । व्यवारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । खेलकुद भ्रमणमा रुचि बढ्नेछ ।
सिंह – आजको दिन पराक्रम र कार्यगति बढ्नेछ । प्रेमभाव वृद्धि भइ परिवारमा सुखशान्ति बढ्ला । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आशा उत्साह बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।
कन्या – सामाजिक महत्व वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि पनि बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
तुला – आरोग्यताप्रति विशेष ध्यान राख्नुपर्ला । गरेका कार्यहरु सहजै नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाहिने योग छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले पनि धनको नाश हुन सक्छ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – आयस्रोत वृद्धि हुनेछ । कार्यगति बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । लगानी गर्दा फाइदा हुने देखिन्छ । समस्याहरु आफै किनारा लाग्नेछन् धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ
मकर – कार्यगति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । अनौठो र लाभदायक यात्राको योग छ । सरसामान बिग्रेर सास्ती पनि पाइएल । परिवारमा हल्का विवाद हुन सक्छ । ऋण र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग भए पनि परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचेआनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आजको दिन त्यसै अलमलमा बित्न सक्छ । भागदौड बढ्नेछ । जाँगर हराउनाले काममा अवरोध होला । स्वास्थ्य समस्या अझै पूर्ण रूपले समाधान हुने छैन । आफन्तको साथ भने मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।
प्रतिक्रिया