- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र १८ गते शनिबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ३ तारिख भाद्रपद शुक्ल पक्षको सप्तमी तिथि ९ः४० पर अष्टमी तिथि अनुराधा नक्षत्र वैधृति योग भद्रा करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः४४मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ ।
आजको राशिफल
मेष – ब्यस्तता बढ्नेछ तर उपयोगी कार्यमा समय ब्यतीत होला । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । आफ्नै बल विवेकले काम गर्नु कल्याणकारी हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । आफ्नै कारणले विवादमा परिने सम्भावना पनि छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सफलता प्राप्त हुनेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति बृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।
कर्कट – सामर्थ्य र समृद्धि वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेमभाव बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्य बढ्नेछ ।
कन्या – व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – समृद्धि बढ्नेछ, सफलता मिल्नेछ । मान महत्व वृद्धि हुनेछ । धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – शुभता बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला ।
धनु – सकरात्मकता बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछसम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।
मकर – आयमूलक काममा आकर्षण बढ्नेछ । सामर्थ्य बढ्नेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्रा सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – कार्य क्षमता वृद्धि हुनेछ । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ। आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।
मीन – भाग्यबल बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया