- राजन घिमिरे, सिड्नी
चलचित्र अभिनय होस् या म्यूजिक भिडियो अभिनय होस्, राज कटुवाल जमेकै छन् । नेपाली चलचित्र क्षेत्रको नीति बनाउंने पदमा रहँदा पनि उनले कलाकारिताप्रतिको आफ्नो लगावलाई छाडेका छैनन् । त्यसकारणले पनि बजारमा नेपाली कलाकरिताका लागि राजले दिएको र गरेको योगदानको तारिफ हुने गरेको छ ।
गत हप्ताबाट नयाँ प्रस्तुति बोकेर राज नेपाली सांगीतिक बजारमा छाएका छन् । ढिला आयो कडा आयो भनेजस्तै वजनदार प्रस्तुति दिने तर कुरेर दिने राजको विशेषता फेरि एकपटक दोहोरिएको छ । यसैबीच राजले उत्कृष्ट उपस्थिति जनाएको म्यूजिक भिडियो बजारमा आएको छ । कठै बिचरा नामक यो भिडियोमा राजलाई महिला मोडलको रूपमा प्रमिला श्रेष्ठले साथ दिएकी छन् भने गीतलाई प्रताप दास र मेलिना राईले गाएका हुन् ।
भिडियोमा राजले दिएको प्रस्तुति दमदार छ । यसपटक उनी चर्चा गर्न लायकको नृत्यका साथ भिडियोमा देखिएका छन् । अभिनय र नृत्यको क्षमताले राजलाई झनै चर्चामा ल्याउंने देखिन्छ । यसमा उनले देखाएको उत्कृष्ट नृत्य यसअघि यसरी हेर्न पाइएको थिएन । यो भिडियो मार्फत राजले अभिनय मात्र होइन कि नृत्यमा पनि आफू सशक्त रहेको प्रमाण पेश गरेका छन् ।
प्रतिक्रिया