आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०७९ मंगलबार, ६ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०७९ मंगलबार, ६ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २१ गते मंगलबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ६ तारिख भाद्र शुक्ल पक्षको एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादियोगमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१७ बजे हुनेछ । हरिपरिवर्तनी एकादशी व्रत ।

आजको राशिफल

मेष – भाग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता र मनोरञ्जनका बीच दिन बित्नेछ । आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आजको दिन सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषिचौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जाँगर पलाएर आउने छ । परिवारिक सुख बढ्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – आजको दिन त्यति शुभकारी नरहला । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैयापैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मिठो भोजन मिल्नेछ ।

सिंह – प्रेमभाव बढ्नेछ । आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुनेछ । ब्यवसायमा बढी नै फाइदा हुने समय छ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । आयस्रोत बढ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – पराक्रम बढ्नेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । तर सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ ।

धनु – शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पूरानो रोगले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।