आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०७९ बुधबार, ७ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०७९ बुधबार, ७ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र २२ गते बुधबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ७ तारिख भाद्रपद शुक्ल पक्षको द्वादशी तिथि उत्तराषाढ़ा नक्षत्र शोभन योग बब करण आनन्दादिमा वज्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ । वामनद्वादशी, दहिदान, निजामति सेवा दिवस ।

आजको राशिफल

मेष – कर्मबल बढ्नेछ । राजकाजसित सम्बन्धित काममा सफलता प्राप्त हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन पनि सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । भौतिक साधनको खराबीले काम बिग्रन सक्छ, सावधान रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – दौडधुप बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख बढ्नेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । केही झमेला आइलाग्न पनि सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ तर सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । उन्नति पदोन्नति हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – समृद्धि बढ्नेछ । सफलता मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आरोग्यता बढ्ला । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुने योग छ ।

धनु – समृद्धि बढ्नेछ । सकारात्मकता वृद्धि होला । आजको दिन चोरी वा ठगीमा परिने यो पनि छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । आयस्रोत बढ्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आरोग्यता बृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आयबल बढ्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । अनावश्यक दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । धन यश मान पद प्रतिष्ठा बढ्ला । रसरागमा रुचि बढ्नेछ ।