- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २३ गते बिहीबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ८ तारिख भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि श्रवण नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ बजे भयो र सूर्यास्त साँझ १८ः१५ मा हुनेछ । प्रदोष व्रत, शिक्षा तथा साक्षरता दिवस ।
आजको राशिफल
मेष – आजको दिन इर्ष्या गर्न खोज्नेहरुले दुःख दिन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । तर, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सार्वजनिक काममा सफलता मिल्नेछ । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।
वृष – सौभाग्य बढ्नुका साथै बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।
मिथुन – दौडधुप बढ्नेछ । रसरागमा रुचि रहला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।
कर्कट – आरोग्यता बढ्नेछ । शुभता वृद्धि हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।
सिंह – आजको दिन अलिक संघर्षमय रहला । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । आरोग्यता वृद्धि हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – प्रेमभाव बढ्नेछ, तर विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिबृद्धि हुनेछ । हासविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मन प्रसन्न रहला ।
वृश्चिक – दाम्पत्यसुख प्राप्त हुनेछ । प्रेमबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला, तर आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।
मकर – शुभता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ ।
कुम्भ – लगानी वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।
मीन – आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ ।लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ । रोगबाट छुटकारा मिल्ला ।
प्रतिक्रिया