- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २४ गते तद्अनुसार सन् २०२२ सेप्टेम्बर ९ तारीख शुक्रबार भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि धनिष्ठा नक्षत्र सुकर्म योग गर करण २ः१८ पर भद्रा करण आनन्दादिमा धाता योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त सांझ १८ः१४ बजेमा हुनेछ । पूर्णिमा व्रत, अनन्त चतुर्दशी व्रत, कुमारी इन्द्र यात्रा ।
आजको राशिफल
मेष – आयस्रोत, बल विवेक र पारिवारिक सुख शान्ति बढ्ने योग भए पनि आजको दिनलाई समग्रमा राम्रो मान्न नमिल्ने समय छ । मान्यजनवा अभिभावक वर्ग असन्तुष्ट रहन सक्छन् । सम्पत्तिमा विवाद हुन सक्छ । कुरा काट्नेहरु ज्यादा नै सक्रिय रहलान् । आकस्मिक रूपले यात्रामा निस्कनुपर्ने पनि हुन सक्छ । इष्टमित्र एवम् सन्तानको सुख भने प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आजको दिन अप्रिय समाचार सुन्नुपर्ने छ । स्वास्थ्य समस्यले पनि सताउला । काममा जाँगर नलाग्नाले मनमा खिन्नता बढ्ला । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुख र उत्साह बढ्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – भाग्यबल र शुभता बढ्नेछ । धन मान वृद्धि होला । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – व्यस्तता बढ्नेछ । तपाईंको कामको उच्च मूल्यांकन होला । कार्यगति र पराक्रम वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।
सिंह – दाम्पत्य सुख बढ्नेछ । पुराना साथीभाइ तथा प्रेमी–प्रेमिकाबीच पुनर्मिलन होला । कार्यगति बढ्नेछ । प्रेमभाव बढ्नेछ । आशा उत्साह बढ्नेछ । भाग्यबर्द्धककाममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – मान महत्व वृद्धि हुने भए पनि आजको दिन बोलीको गलत अर्थ लागेर विवाद निम्तन सक्ने भएकोले बोलीमा लगाम लगाउनु हितकर होला । पारिवारिक सुख शान्ति मिल्ला । इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – प्रेमभाव बढ्नेछ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । विश्वास गरेका व्यक्तिबाटै धोका हुन सक्छ । स्वास्थ्यमा सुधार होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – व्यस्तता बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । नसोचेका कामहरु बन्न सक्छन् । निर्णय क्षमतामा वृद्धि होला । शुभ काममाआकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ । सफलता मिल्नेछ ।
धनु – पराक्रम वृद्धि हुनेछ, प्रतिष्पर्धीहरू हार खानेछन् । कार्यगति र कार्यक्षमता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – आजको दिन स-साना काममा पनि बाधा अडचन आइपर्न सक्छ । वादविवादको सम्भावना रहेकोले बोलीमा लगाम लगाउनु हितकर होला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।
कुम्भ – परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै मित्रजन र सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।
मीन – लगानी बढ्नेछ । सुख वृद्धि हुनेछ । मातापिताा तथा आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।
प्रतिक्रिया