- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वर्षा ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ भाद्र २५ गते शनिबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १० तारिख भाद्रपद शुक्ल पक्षको पूर्णिमा तिथि शतभिषा नक्षत्र धृति योग बालव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः१३ मा हुनेछ । इन्द्रदहस्नान, भ.पु.सिद्धपोखरी मेला, चेपाङ चोनामपर्व, प्रौष्ठपदिश्राद्ध, प्राणनाथ छत्रशाल मिलाप, यँयापून्हि, ओंगया, मंगया ।
आजको राशिफल
मेष – कर्ममा रुचि बढ्नेछ । शुभता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आजको दिन धन आर्जनको मार्ग खुल्ने योग छ । सोचेका काममा सफलता पनि मिल्नेछ । दिन खुशी साथ बित्ने छ भने परिवारमा पनि सुखको माहोल बन्न्नेछ । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आज नयाँ ठाउँको यात्राको योग छ । परिवारमा खुशिको माहोल छाउनेछ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ ।
मिथुन – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग भए पनि स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन कठिन पर्ला । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट – भागदौड बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला, जश पाउने सम्भावना कमै रहनेछ । छरछिमेकमा पनि केही असमझदारी बढ्ने योग छ, तर खास हानि नहोला ।
सिंह – दाम्पत्य सुख बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिनु उचित होला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ मिल्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
कन्या – आज काममा जाँगर बढ्नेछ, मनमा खुशी मिल्नेछ । आफन्तले साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरू प्रशस्त बढ्नेछन् । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – व्यस्तता बढ्नेछ । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । आज काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्, कार्यव्यवधान देखापर्न सक्छ । धन मान प्राप्तिको योग पनि छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – सकरात्मकता बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ, साथै पाहुना आगमनको पनि योग रहेको छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला ।
मकर – शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेलापर्नेछ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला ।
कुम्भ – प्रयासरत काम बन्ने योग भए पनि आज भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना होला । व्यस्त रहनुहुनेछ ।
मीन – केही खर्च बढे पनि दिन शुभदायी नै छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयाँपैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
प्रतिक्रिया