आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०७९ आइतबार, ११ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०७९ आइतबार, ११ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २६ गते आइतबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर ११ तारिख आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि १४ः१९ पर द्वितीया तिथि पूर्वाभाद्रपद नक्षत्र शूल योग तैतिल करण आनन्दादियोगमा चर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ बजेमा भयो र सूर्यास्त साँझ १८ः१२ बजेमा हुनेछ । सोह्रश्राद्ध सुरु, प्रतिपदा श्राद्ध, द्वितीया श्राद्ध, पुञ्चलीभूजा ।

आजको राशिफल

मेष – लगानी बढ्नेछ । रसरागमा आकर्षण रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ, व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – कर्मबल बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । आजको दिन अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ भने विश्वास गरेकाबाट धोका हुन सक्छ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – धनआर्जनको अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुचि घट्ने र मनमा खराब बिचारहरुले डेरा जमाउने योग पनि छ । नयाँ सम्भावना देखापर्नेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आज दौडधुप बढ्नेछ । नयाँ सम्भावना पनि देखापर्नेछ । आरोग्य वृद्धि हुनेछ । आफन्तसित भेटघाट हुनेछ । कामको उच्च मूल्याङ्कन हुने दिन छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ, धन लगानी गर्ने अवसर पाउनुहुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – प्रेमभाव बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगी हातहरु बढ्नेछन् । बिग्रिएका कामहरु बन्ने छन । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – व्यस्तता बढ्ने र रोकिएको काम बन्ने योग भए पनि आज बोलीको गलत अर्थ लाग्ने हुँदा बोली र व्यवहारमा संयमता अपनाउनु पर्नेछ । व्यापारमा हानी व्यहोर्नुपर्ला । यात्रा घातक बन्न सक्छ, यात्रा नगरेकै बेश होला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – सद्कर्म पथमा प्रगति होला । भाग्योदयको योग छ । तथापि, विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ ।अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । साथीसित भेटघाट होला । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जन गर्ने मौका छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पराक्रम बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ तर सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।