आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०७९ मंगलबार, १३ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०७९ मंगलबार, १३ सेप्टेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद २८ गते मंगलबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर १३ तारिख आश्विन कृष्ण पक्षको तृतीया तिथि १२ः३४ पर चतुर्थी तिथि रेवती नक्षत्र ९ः३१ पर अश्विनी नक्षत्र वृद्धि योग बब करण आनन्दादियोगमा शुभ योग चन्द्रमा मीन राशिमा ९ः३१ पर मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ बजेमा भयो र सूर्यास्त साँझ १८ः९ बजेमा हुनेछ । चतुर्थी श्राद्ध, गातिला ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आज नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला तर बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन लगानी बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तथापि, बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आयबल बढ्नेछ । लगानी उठ्नेछ । रसरागमा रुचि बढ्नेछ । दिन रमाइलैसँग बित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – आज तपाईंको कामको तारिफ हुनेछ । कर्मबल वृद्धि होला । आशा उत्साह बढ्नेछ । स्वास्थ्यको लागि आज खानपानमा विशेष ध्यान राख्नुपर्नेछ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – सौभाग्य बढ्ने र नयाँ सम्भावना देखापर्ने योग छ । आरोग्य वृद्धि हुनेछ । मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – भागदौड बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । काममा सफलता मिल्नेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । विलासमा रुचि बढ्नेछ । ख्याती फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – दाम्पत्यसुख बढ्नेछ । रोकिएको काम बन्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। आज धन आर्जन गर्ने मौका पनि छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । रोकिएको कार्य बन्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आजको दिन पराक्रम बढ्नेछ । दाम्पत्य सुख प्राप्त होला, प्रेमबल बढ्नेछ । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने पनि देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – प्रेमबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ तर नयाँ काममा हात हाल्न केही पर्खिंदा राम्रो हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सकिनेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ। पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – धन वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – यशबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछ। ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । समयले साथ दिनेछ ।